सशस्त्र प्रहरीले हात पार्‍यो प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं । सशस्त्र प्रहरीले प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ ।

एपिएफले नेपाल पुलिस क्लबलाई प्रतिस्पर्धात्मक फाइनलमा पुलिसमाथि सशस्त्रले २१ रनको जित दर्ता गरेको हो ।

पुलिसका दीपेन्द्र सिंह ऐरीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे पनि त्यो टिमलाई जित दिलाउन पर्याप्त रहेन ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सफल भयो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.