राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन आयोजक कमिटीप्रति हाम्रो असहमति छ : अमित लामा

काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको पोखरामा सम्पन्न सचिवालय समितिको पहिलो पूर्ण बैठकले विभिन्न मापदण्ड सहित कम्तिमा ३ सय ६५ र बढिमा ४ सय १ जनाको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय गरेको थियो ।

सोसँगै संघले ३३ वटा विभाग र आयोगहरु गठन गरि विभिन्न जिम्मेवारी दिएको थियो । सचिवालय बैठकले सबै सचिवालय सदस्यहरुलाई आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेपनि नेताहरुले आफ्नो खल्तिको नामहरु समावेश गर्दै आयोजक कमिटी बनाएको भन्दै तत्कालिन उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज अमित लामाले आपत्ति जनाएका छन् ।

आयोजक कमिटीमा तत्कालका ७/८ जना पदाधिकारीहरुलाई नै नसमेटिएको भन्दै  बागमती प्रदेश इन्चार्ज लामासहित केहीले आपत्ति जनाएका हुन् । लामाका अनुसार युवा संघको १३ सय ५२ जना केन्दीय कमिटीलाई आयोजक कमिटी बनाउन नसकिने हुँदा सचिवालय समितिलाई आयोजक कमिटी बनाउने निर्णय पूर्ण बैठकले गरेको थियो ।

तर पछि युवा संघमा नेताका आसेपासेलाई बढि प्रोत्साहन गर्दै पदाधिकारी र सचिवालय सदस्यहरुलाई नै आयोजक कमिटीमा नराखेको लामाको भनाई छ । उनका अनुसार यो समस्यालाई समाधान गर्न पार्टी मोर्चा विभाग प्रमूख, पार्टी संगठन विभाग प्रमूख, पार्टीका महासचिव, पार्टीका बरिष्ठ उपाध्यक्ष र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत बोधार्थ गरि ध्यानाकर्षण गरिसकेको बताइन्छ ।

युवा संघमा निरन्तर लाग्दै आएका र युवा आन्दोलनको अग्रभागमा रहेका कार्यकर्ताहरुलाई बेवास्ता गर्दै अन्य नयाँ साथीहरुलाई आयोजक कमिटीमा समेटिएकोमा गम्भिर आपत्ति रहेको लामाको भनाई छ । पार्टीका जिम्मेवार पदाधिकारीहरुलाई जानकारी गराईसकेको कारण समस्या छिट्टै समाधान हुनेमा आफु बिस्वस्त रहेको उनको भनाई छ । अन्यथा युवा संघ भित्रै विद्रोह हुने उनले चेतावनी दिएका छन् ।

यता युवा संघका पदाधिबकारीहरुले भने बैठकले निर्णय गरे अनुसार नै मापदण्डकै आधारमा आयोजक कमिटी गठन गरेको हुँदा सोही बमोजिम निर्णय कार्यन्वयन गर्न निर्देशन जारी गरेको छ । संघले मापदण्ड अनुसार नै आयोजक कमिटी गठन गरेको हुँदा केही व्यक्तिले चाहेर निर्णय कार्यन्वयन नगर्नु गलत हुने बताइएको छ । 

निर्णय कार्यन्वयन गनुपर्ने भन्दै तत्कालिन उपाध्यक्ष तथा संगठन विभाग प्रमूख क्षितिज थेवेले फेसबुकमा राखेको स्टाटस जस्ताको तस्तै :

२०७८ पुस २८ देखि ३० गते पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पुर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले गरेको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन र १०५ मनोनीत तथा ५५ समायोजन हुन बाँकी कमरेडहरुको सम्बोधन सम्बन्धि निर्णयलाई तोडमरोड गर्दै आयोजक कमिटीमै रहेका र आयोजक कमिटीमै नरहेका केही व्यक्तिहरुले संगठनको स्थापीत मुल्य-मान्यता,विधि र पद्धति लाई लत्ताउँदै संगठनका असल र ईमानदार कार्यकर्तालाई भ्रमित पार्ने कोशिस गरिरहेका छन् ।

यी र यस्ता हर्कतहरु किमार्थ स्विकार्य र क्षमा योग्य छैनन् , तपशिल वास्तविकतालाई आत्मसात गरि संगठनको निर्णयअनुसार संगठनको काममा सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्दै अन्य कमरेडहरुलाई पनि सोही अनुसार अघि बढ्न अनुरोध गर्दछु ।

नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउँदा अपनाईएको वास्तविकताः
१. पार्टी निर्देशन अनुसार राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरि महाधिवेशन आयोजक कमिटीको सदस्य,सचिवालय,स्थायी कमिटी ,पदाधिकारी र कार्यालय कमिटीको संख्या घटाईएको ।

२. उमेर हद पार गरेका कमरेडहरुलाई अहिलेसम्म संगठनमा पुराउनु भएको योगदानको उच्च कदर गर्नका लागि पुर्ववत हैसियत सम्मानयोग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

३. पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्ष र सचीवको जिम्मेवारीमा रहनुभएका कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

४. नेतृत्वले पटकपटक सजग गराउँदा पनि संगठनको जिम्मेवार तहमा बसेर पार्टी र संगठनको मुल नेतृत्व र नितिको बद्ख्वाई गर्दै हिड्ने कमरेडहरुलाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

५. संगठनको उपल्लो तहको जिम्मेवारीमा रहेर पनि संगठनको काममा ६ महिना भन्दा बढी निष्क्रिय रहेका कमरेडहरुलाई विधानको आदेशअनुसार महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

६. महाधिवेशन आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पुर्ण पालना गरिएको । जसअन्तर्गत :
१ र २ निर्वाचन क्षेत्र भएका जिल्ला २ खुल्ला १ महिला
३ र ४ निर्वाचन क्षेत्र भएका जिल्ला ३ खुल्ला १ महिला 
५ र ६ निर्वाचन क्षेत्र भएका जिल्ला ४ खुल्ला १ महिला 
१० निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ खुल्ला १ महिला

जनजाति तर्फबाट ६ खुल्ला ४ महिला 
मधेसी तर्फबाट ६ खुल्ला ३ महिला 
मुस्लिम तर्फबाट ३ खुल्ला १ महिला 
उत्पिडितरदलित तर्फबाट २ खुल्ला १ महिला
थारु समुदाय तर्फबाट २ खुल्ला १ महिला 
पिछडिएको क्षेत्र तर्फबाट २ खुल्ला १ महिला 
अल्पसंख्यक तर्फबाट २ खुल्ला १ महिला 
अपांग ९विशेष क्षेत्र० तर्फबाट १ खुल्ला १ महिला 
विशेष योगदान गरेकाहरु मध्येबाट २ खुल्ला १ महिला 
खुल्ला तर्फबाट २७ खुल्ला १३ महिला 
कार्यालय कमिटी १० खुल्ला ३ महिला 

७. नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बाट १०५ मनोनीत ९मनोनीत गर्दा आन्दोलनमा विशेष योगदान गर्नुभएका केन्द्रीय सदस्य कमरेडहरुलाई प्राथमिकतामा राखिएको०  र ५५ समायोजन प्रक्रियामा छुट्नुभएका कमरेडहरु लाई समावेश गरिएको ।

८. पार्टी केन्द्रले तोकिदिएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सिमित संख्या भित्र समावेश गर्न छुट्नुभएका कमरेडहरुलाई योग्यता, क्षमता र क्रियाशीलता अनुसार केन्द्रीय आयोगहरु ९ लेखा, अनुशासन र निर्वाचन, केन्द्रीय विभागहरु, केन्द्रीय युवा परिषद र प्रदेश तथा विशेष प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गर्ने ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.