काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गो लागेको बताइएको छ ।कांग्रेसले यस अघि ५७ जिल्लाको क्रियाशील सदूयता विवतरण सार्वजनिक गरिसकेको छ ।यही भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा अधिवेशन हालसम्म उक्त ५७ जिल्लामा सम्पन्न भइसकेको छ ।
बाँकी २० जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी प्रिन्ट भइसकेको र १० जिल्लाको क्रियाशील सदस्यता विवरण पनि आजै सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
पौडेलका अनुसार क्रियाशील सदस्यता विवरण प्राप्त भएपछि मात्र समितिले बाँकी जिल्लामा वडा अधिवेशन हुने छ ।एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ । यस्तै कांग्रेसले प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।