कानुन व्यवसायीले भर्चुवल माध्यमबाट आन्दोलन गर्ने

काठमाडौं । न्यायालय सुद्धीकरणका लागि भन्दै आन्दोलन गर्दै आएका कानुन व्यवसायीले भर्चुवल मध्यमबाट आन्दोलनलाई जारी राख्ने बताएका छन् । 

कोरोना संक्रमण बढेपछि सरकारले २५ जनाभन्दा बढी भेला हुन नदिने भनेपछि  कानुन व्यवसायीले भर्चुवल माध्यमबाट आन्दोलन गर्ने बताएका हुन् । 

आन्दोलनमा सहभागी करिब ३ दर्जन कानून व्यवसायीहरूमा समेत संक्रमण भएको, सरकार र स्थानीय प्रशासनले भेला, जुलुस, धर्ना नगर्न सूचना जारी गरेको, सर्वोच्च अदालत तथा अन्य अदालतहरूले पनि संक्रमण नियन्त्रणका लागि अदालतबाट पनि सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरेकाले आन्दोलन, धर्नालाई विहीबारदेखि माघ १८ सम्मलाई स्थगित गरिएको महासचिव लीलामणि पौडेलले विज्ञप्ति निकालेर जनाएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.