काठमाडौं । नेकपा एमलाेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले गठबन्धनसँग नेकपा एमाले एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत् पाँच दलीय गठबन्धनलाई पाँच उपियाँको संज्ञा दिँदै सो बताएका हुन् ।
साथै उनले आफूहरु चुनाव लड्न प्रतीक्षारत रहेको समेत बताएका छन् ।
‘फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आमचुनाव घोषणा गरोस् । हामी तीव्र प्रतीक्षा,स्वागत र पाँच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौँ,’ समाजिक सञ्जालमा उनले भनेका छन् ।