प्रचण्ड किन चाहन्छन् स्थानीय तहको निर्वाचनअघि प्रतिनिधिसभा निर्वाचन ?

काठमाडौं । गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक रुपमा संसद विघटन गर्न प्रस्ताव गरेको खुलासा भएको छ।

राजनीतिक वृत्तमा निर्धारित समयमै स्थानीय चुनाव गर्ने कि नगर्ने बहस भइरहेका बेला स्थानीय चुनावअघि प्रतिनिधसभा चुनाव गर्न प्रस्ताव गरेका अध्यक्ष प्रचण्डले एकाएक बिहीबार बसेको गठबन्धनको बैठकमा सो प्रस्तावसमेत गरेको खुलासा भएको छ । 

सोहीअनुरुप संसद विघटनको कुरा पनि बाहिरिएको छ । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहालका स्वकीय सचिव रमेश मल्ल चुनाव वर्ष सुरु भएकाले स्थानीय तहको चुनावअघि प्रतिनिधिसभाको चुनाव गर्न अध्यक्ष दाहालले प्रस्ताव गरेको जानकारी दिए ।  

प्रचण्ड किन चाहन्छन्, स्थानीय तहको चुनावअघि प्रतिनिधिसभाको चुनाव ?

स्थानीय तहको चुनाव निर्धारित समयमा हुने वा नहुने भनी बहस भइरहेका बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबाट प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव र त्यसपछि स्थानीय तहको चुनाव गर्न आएको प्रस्तावलाई निकै रणनीतिक रुपमा हेरिएको छ ।

माओवादीमा आन्तरिक किचलो हुँदा शान्तिप्रक्रियामा आएपछि ०६४ सालको चुनावभन्दा अरु चुनाव उसका लागि त्यति सन्तोषजनक छैनन।

हरेक चुनावमा माओवादीको मत परिणाम न्यून हुँदै गएको छ । २०७४ सालमा तत्कालीन नेकपा एमालेसँग वामगठबन्धन नगरेको भए प्रतिनिधिसभामा सायद माओवादीको यो उपस्थिति हुँदैन थियो ।

चुनावी तालमेल हुँदै एकीकरण भई बनेको नेकपा यतिबेला विभिन्न कारणले तीन पार्टीमा विभक्त छ । 

सो पार्टी फुटेर बनेका दलमध्ये सबैभन्दा ठूलो दलको रुपमा नेकपा एमाले छ । एकीकृत समाजवादी र माओवादी नेकपा एमालेको तुलनामा धेरै साना दलको रुपमा अस्तित्वमा छन् । यी दुवै आगामी चुनावमा एकै ठाउँमा रहने पनि पक्का छ ।

यतिखेर  यी दुवै राजनीतिक दल नेकपा एमालेलाई हराउन चाहन्छन् । तर, दुवै मिलेर जाँदा आगामी चुनावमा एमालेको अस्तित्व यही रुपमा हुने आकलन यतिखेर माधव नेपाल र प्रचण्ड नेपाली कांग्रेससँग मिलेर एमाले हराउन चाहन्छन् । 

माओवादी र एकीकृत  समाजवादीले आफूहरुले गठबन्धन बनाउन निकै मिहिनेत गरेको बताउँदै गठबन्धन आगामी चुनावसम्मै जानुपर्ने दाबी गर्दै आएका छन् ।

तर, सत्ता साझेदारीका लागि बनेको गठबन्धनमा आबद्ध कांग्रेसले एकीकृत समाजवादी र माओवादीसँगचुनावी तालमेल गर्ने कि नगर्ने भन्ने कुरालाई रहस्यमै राखेको छ । 

नेपाली कांग्रेसको यही रहस्यलाई चिर्न पनि अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनावअघि प्रतिनिधिसभाको चुनाव गर्न प्रस्ताव अघि सारेका हुन् । 

स्थानीय तहमा कम  सिट जित्ने पक्का भएकाले प्रतिनिधिसभामा गठबन्धनमा गएर आफूअनुकुल मत परिणमा ल्याएपछि त्यसैका आधारमा स्थानीय तहमा पनि आफ्नो उपस्थिति जनाउन माओवादीले  यस्तो प्रस्ताव अघि सारेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.