काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालभित्र महाधिवेशन आयोजक कमिटी गठनलाई लिएर विवाद बढ्दै गएको छ । पोखरामा सम्पन्न सचिवालय कमिटीको पहिलो पूर्ण बैठकले सचिवालय कमिटीलाई आयोजक कमिटीमा परिणत गर्ने निर्णय गरेको थियो ।
त्यस लगतै बसेको आयोजक कमिटीको पहिलो बैठकले सो निर्णय बेगर बनेको आयोजक कमिटीलाई अनुमोदन गरेको भन्दै एउटा समूह असन्तुष्ट रहेका छन् । तत्कालिन उपाध्यक्ष समेत रहेका बागमती प्रदेश इन्चार्ज अमित लामाको समूह आयोजक कमिटीलाई लिएर असन्तुष्ट देखिएका छन् ।
उनले पार्टी नेतृत्वहरुलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । युवा संघको अर्को समूहले भने बैठकले निर्णय गरेको निणर््यहरु कार्यन्वयन गर्न निर्देशन जारी गरेको छ । दुबैपक्षबिच अहिले विवाद कायम छ । सोही क्रममा असन्तुष्ट लामा पक्षले भने रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गर्दै ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ ।
ध्यानाकर्षण पत्र जस्ताको तस्तैः