उखु किसानको १५ करोड नतिर्ने वीरेन्द्र कनौडिया मूख्यमन्त्री बन्दै, किसानलाई उधारो बक्यौतामा ठगेको आरोप

काठमाडौं । उखु किसानको समस्या अहिलेसम्म पनि समाधान हुन सकेको छैन । किसानहरुको आफ्नो गृह जिल्लामा विभिन्न चरणको आन्दोलन गरेपनि सुनुवाई नभएपछि काठमाडौंको माईतीघर मण्डलामा समेत आन्दोलन भएको थियो ।

आन्दोलन पश्चात उखुको पैसा तिर्ने गरि बक्यौतामा सहमति भएको थियो । उखुको पैसा तिर्न बाँकी धेरै मिलहरु मध्य एक हो महाँलक्ष्मी सुगर मिल । महाँलक्ष्मी सुगर मिल नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता वीरेन्द्र कनौडियाको मिल हो । मिलले सबैभन्दा बढि १५ करोड रुपैया किसानलाई तिर्न बाँकी छ ।

किसानहरुलाई उखुको तौलमा समेत ठग्ने गरेको आरोप लागेका कनौडियाले अहिलेसम्म पनि किसानको बकयौता तिर्न बाँकी नै छ । नेपाली कांग्रेसले भने उनैलाई लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री बनाउन कसरत थालेका छन् ।

महालक्ष्मी सुगर मिल कपिलवस्तुमा थियो । त्यहाँ मिलले ६ करोड भन्दा बढि रकम किसानलाई तिर्नुपर्ने भएपछि सर्लाहीमा मिल नै स्थानतरण गरेको थियो । पछि सर्लाहीमा पनि कनौडियाले ८ करोड भन्दा बढि पैसा तिर्न बाँकी थियो । त्यसपछि उनको मिलमा चरणवद्ध आन्दोलन शुरु भयो । 

किसानको आन्दोलनले ठूलो रुप लिएपछि पैसा तिर्ने उधारो सहमति गर्दै उनले समय मागेको थियो । समयसिमा सकेपनि उनले किसानलाई तिर्नुपर्ने रकम अझै तिरेका छैनन् । कपिलवस्तुबाट प्रदेश सभामा जितेका उनी अहिले माओवादी नेतृत्वको सरकारलाई हटाएर मुख्यमन्त्री बन्ने दौडमा लागेका छन् ।

त्यसका लागि उनले प्रधानमन्धी शेरबहादुर देउवासँग पटक–पटक छलफल पनि गरेका छन् । किसानहरुले उनको विरुद्ध फेरि आन्दोलन गर्ने तयारी गरेको समेत गरेका छन् । तौलमा पनि किसानलाई ठग्ने र मूल्यमा पनि प्रतिक्विन्टल ३६ रुपैयाँ कम दिएको उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताएका छन् । उनका अनुसार कनौडियाले अझै १२ करोड बढि किसानलाई तिर्न बाँकी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.