काठमाडौं । डोजरले पहाड सम्याउने क्रममा खसेको ढुंगाले जिपलाई थिच्दा तीन जनाको मृत्यु भएको छ।
ओखलढुंगा सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउने क्रममा उनीहरुको मृत्यु भएको हो ।
सो ढुंगा करिब ३ सय मिटर मथिबाट खसेको सो ढुंगा निशंखे भञ्ज्याङबाट सदरमुकाम आउँदै गरेको को १ज ३५६९ नम्बरको बोलेरोमाथि खसेको थियो ।
६ जना सवार सो बोलेरोमा परी तीन जना घाइते भएका छन् । जसमध्ये एकलाई उपचारका लागि उपचारका लागि काठमाडौं ल्याइँदै गरको प्रहरीले जनाएको छ । त्यसैगरी, एक जनाको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ ।