काठमाडौं । सुशील कोइराला सोसलिष्ट युथ सर्कलले नेपाल आयल निगम समक्ष पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै यदि पेट्रोलियम पदार्थको मुल्य तत्काल नघटाएमा आन्दोलन गर्ने बाध्य हुने चेतावनी दिएको छ ।
उपरोक्त सम्बन्धमा हात कोरोना माहमारीते देशव्यापी विभिन्न क्षेत्रमा संकट उत्पन्न गरेको छ । यस विषम परिस्थितिमा आम नेपाली नागरिकको दैनिकी निकै कष्टकर बन्दै गइरहेको जनताले परिकल्पना गरेको राज्या व्यवस्था रहे पनि जनअपेक्षा अनुरुप राज्यको उपस्थिति देखिएको छैन ।
जनताले अपेक्षा गरेको जस्तो काम गर्न सरकारले सकिरहेको छैन । हाल कोरोना कहरका कारणते आम नेपाली जनताको क्रयशक्तीमा ठुलो ह्रास आएको छ ।
यस्तो परिस्थितिमा दैनिक उपभोग्य वस्तुहरुमा भएको मुल्य वृद्धिले जनताले ठूतो सास्ती खेप्नु परेको छ । जन्ता ज्यादै मर्कामा परेका छन् । पछिल्लो समय झनै पेट्रोलियम पदार्थको मुल्यमा असामान्य वृद्धि भएको छ ।
यसर्थ अप्रत्याशित मुल्य वृद्धिको मारमा परेका जनतालाई राहत प्रदान गर्नका लागि पेट्रोलियम पदार्थको मुल्य यथाशीघ्र घटाउन ज्ञापन पत्र मार्फत जोडदार माग गरेका छन । यदि मागलाई तत्काल सम्बोधन नगरेमा जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा बताइएको छ ।
