पदाधिकारी चयनका लागि माओवादीले बोलयो माघ २७ का लागि केन्द्रीय समितिको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यसअघि माघ ८ का लागि बोलाइएको बैठक कोरोना कारण स्थगित भएपछि सो बैठक माघ २७ गतेका लागि बोलाइएको हो ।

यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय समितिको पूर्णता, पोलिटब्यूरो र स्थायी कमिटी गठन र पदाधिकारी चयनका लागि २७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी गराएका छन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.