भारतमाथि दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’

काठमाडौं । दक्षिण अफ्रिकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय शृंखला ‘क्लिन स्विपुगरेको छ । प्रतिस्पर्धात्मक बनेको तेस्रो एकदिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले शृंखला ३–० ले आफ्नो पक्षमा पारेको हो । 

२८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा सबै विकेट गुमाउदै २८३ रनमा समेटियो ।

भारतका विराट कोहलीले सर्वाधिक ६५ रन जोडे । यस्तै शिखर धवनले ६१ रन बनाउदा दिपक चाहरले ५४ रनको योगदान गरे । 

दक्षिण अफ्रिकाका लुंगी एनजीडी र एडिलेले ३३ विकेट लिए । ड्वाने प्रिटोरीउसले २ विकेट लिए ।

यसअघि टस हारेर  ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउदै २८७ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका  क्विन्टन डी ककले १२४ रनको शतकीय इनिङ्स खेले । रस्सी भान डेर डुसेनले ५२ तथा  डेभिड मिल्लरले ३९ रनको योगदान गरे । 

भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । यस्तै  दिपक चाहर र जस्प्रित बुम्राहले समान दुई विकेट लिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.