मेरो अभिव्यक्तिको अपव्याख्या भयो : मन्त्री यादव

काठमाडौं । गौर हत्याकाण्ड बिउत्याउने अभिव्यक्ति दिएकी जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिको अपव्याख्या गरको आरोप लगाएकी छन् ।

माघ ५ मा रौतहटको गौरमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएकी उनले सोमबार एक विज्ञप्ति निकालेर सो आरोप लगाएकी हुन् ।

मन्त्रीको राजीनामा माग गर्दै उनको चौतर्फी विरोध भइरहेको छ ।

‘हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्री यादवले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.