प्रचण्डको प्रस्तावमा स्थानीय तहको कार्यकाल ६ महिना थप्न गठबन्धन सहमत

काठमडौं । प्रचण्डको प्रस्तावमा स्थानीय तहको कार्यकाल ६ महिना थप्न गठबन्धनभित्र सहमत भएको छ ।

आइतबार स्थानीय तहको चुनावबारे गठबन्धनले कानुन व्यवसायीसँग गरेको छलफल बोलाएको थियो । सो छलफलमा अध्यक्ष दाहालले स्थानीय तहको कार्यकाल ६ महिना थप्न प्रस्ताव गरेका थिए । प्रचण्डबाट यस्तो प्रस्ताव आएसँगै अन्य दलले पनि यसमा सहमत जनाएका हुन् ।

संविधान र अन्य कानुन बाँझिदा सोको लाभ उठाउने गरी प्रचण्डले सो  प्रस्ताव अघि सारेका हुन्। संविधानको धारा २५ मा स्थानीय तहको कार्यकाल ५ वर्ष कायम रहने  र  कार्यकाल सकिएको पाँच वर्षभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ । 

त्यसैगरी, संविधान सँग बाँझिएको कानुन संशोधनका लागि कम्तिमा ६ महिना लाग्ने सम्भावना छ ।त्यसमा पनि संसद अवरुद्ध जारी छ । यिनै जटिलतालाई मध्यनजर गर्दै प्रचण्डले सो प्रस्ताव अघि सारेका हुन् ।

एमालेले लगातार स्थानीय तहको निर्वाचनको विषयलाई वकालत गरेपछि प्रधानमन्त्री देउवाले आइतबार बालुवाटारमा कानून व्यवसायीहरुसँग छलफल गरेका थिए । 

छलफलमा गठबन्धन दलका नेताहरु पुष्प कमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, उपेन्द्र यादव, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन व्यवासायीहरुलगायत उपस्थित थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.