काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीलाई मल कारखाना खोल्न आग्रह गरेका छन् ।
मंगलबार अफगानिस्तान नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्ययोगी व्यवसायीसँग भेटघाटका क्रममा प्रधानमन्त्रीले व्यवसायीसँग सो आग्रह गरेका हुन् ।
सो क्रममा उनले मल कारखाना खोले सरकार सहयोग गर्न तयार रहेको समेत बताए । नेपालमा हरेक वर्ष मल अभाव हुँदै आएको छ ।