काठमाडौं । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार भइसकेको हुनाले आज सार्वजनिक गर्न लागेको हो ।
जनगणनाको स्थलगत कार्य तीन चरणमा गरिएको थियो । पहिलो चरणमा गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।
यो जनगणना संघियता पछाडिको पहिलो जनगणना हो । यसैगरी नेपालको संविधान, २०७२ पछि भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा आज ( बुधवार) भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक लामिछानेले जानकारी दिए ।