राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

 काठमाडौं ।  राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ ।   आज बाट सातवटै प्रदेशहरूमा मतदान जारी छ ।

सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि धनगढीस्थित प्रदेशसभा परिसरमा केहि समय  अघि मतदान शुरू भइसकेको छ ।


निर्वाचन अधिकृतको कार्यालयका दिएको जानकारीका  अनुसार  प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका  छन ।

 यसैगरि मधेश प्रदेशको मतदान स्थलसुदूरपश्चिममा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ  ।

 मधेश प्रदेशमा पनि मतदान जारी छ । मधेश प्रदेशमा नेकपा एमाले र लोसपाले गठबन्धन गरेका छन  ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.