नेपालको जनसंख्या दुई करोड ९१ लाख  ९२ हजार ४८०

काठमाडौं ।केन्द्रीय तथ्यांक विभागले नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख  ९२ हजार ४८० पुगेको  जनाएको छ ।

विभागका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।

जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.