जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् ।
तोडफोडका क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेणुका पौडेल सवार थिए ।
उनीहरु राष्ट्रियसभा निर्वाचनमा मत हाल्न जनकपुरधाम जाँदै गर्दा सो घटना भएको हो ।