प्रहरी कार्यालय मुगुमा थुनुवा भरिभराउ  

मुगु ।  मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा १४ जना थुनुवा छन् । 

साघुँरोे थुनुवाघरमा १४ जना हिरासतमा रहँदा भरिभराउ देखिएको छ ।  अधिकांश थुनुवा लागुऔषध कारोबारीमा संलग्न रहेका छन्  । 

दैनिक थुनुवा थपिरहँदा २०२२ सालमा स्थापना भएको भवनबाटै सेवा प्रवाह गरिएको छ । तर, जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बनिसकेको भए पनि त्यसबाट सेवा प्रवाह भएको छैन । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.