काठमाडौं । अब त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् ।
शुक्रबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले एक सूचना जारी गरी कार्यालय समयमा मोबाइल नचालउन निर्देशन दिएसँगै अध्यागमनका कर्मचारीले त्रिभुवन विमानस्थलभित्र मोबाइल चालउनबाट वञ्चित भएका हुन् ।
अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतको जानकारीमा ल्याई स्वीकृति भएपछि मात्र मोबाइल प्रयोग गर्न पाइने भएको छ ।
