अस्पतालका कार्यालय सहयोगी मृत फेला

डोटी ।  दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी रहेका भक्त कोली मृत अवस्थामा फेला परेका छन् । 

उनी अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिएका छन् । 

मृतक कोलीले जिल्ला अस्पतालमा परीक्षणका लागि ल्याइएका शवहरूको चिरफारको काम गर्दै आएका थिए । उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.