गैंडाको मृत्युमा व्यवसायीलाई कारबाही गर्न खोजेपछि निर्माण व्यवसायी महासंघको आपत्ति

 काठमाडौं । चितवनमा एकसिङ्गे गैंडा मरेको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकोमा नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ।

उक्त एक सिङ्गे गैँडा सडक  निर्माणका क्रममा  नाली बनाउन खनिएको खाल्डोमा परेर मरेको थियो । 

 सोहि खाल्डोमा परेर उक्त  गैंडा मरेपछि निर्माण व्यवसायीलाई आरापित  गरी गैरकानुनी रूपमा कारबाही अघि बढाएपछि गम्भीर ध्यानाकर्षण भएको महासङ्घको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  


निर्माण कम्पनी इन्डो–सगुन जेभीबाट सडक निर्माण गर्ने क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र सम्झौता बमोजिम नै निर्माण कम्पनीले अनुशरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.