पाल्पा । कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि तानसेन नगरपालिकाले सेवा स्थगित गरेको छ ।
नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिएका छन् ।
नगरपालिकालेही माघ २१ गतेसम्मका लागि सेवा स्थगित गरेको छ ।