काठमाडौं । प्रधान मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रलाई समेत समेट्ने गरी विभिन्न संघीय कानून ल्याउन लागेको जानकारी दिएका छन् ।
काठमाडौँको स्वस्तिश्री गुरुकुल स्कुलमा आज भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
यसका साथै संघीय कानून पारित भएपछि शिक्षामा निजी क्षेत्रले अझ बढी लगानी गर्नसक्ने वातावावरण बन्ने जानकारी दिए । उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागिता जनाएर उनले यस्तो बताएका हुन् ।
प्राविधि र उच्च शिक्षा तथा विद्यालय तहको शिक्षाका विषयमा छुट्टाछुट्टै कानून बन्ने समेत उनले जानकारी दिए ।
समाजमा परिवर्तिन शिक्षाको खाँचो भएको छ । समय र आवश्यकता अनुकुल शिक्षा अहिलेको समाजलाई आवश्यक भएको भन्दै नेपाल शिक्षा र स्वास्थ्यको हब बन्ने उनले दाबी गरे।
उनले भने,‘ नेपालबाट बर्षेनी ६०-७० हजार विद्यार्थी अध्यनका लागि विदे्श जान्छन् । अरबौ रुपैया रकम विदेश जान्छ ।’ त्यो रकम रोक्न नेपालमा अब गुणस्तरीय शिक्षा आवश्यक रहेको उनले बताए ।