काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पार्टीको क्रियाशील सदस्यसमेत नरहने पदबाट राजीनामा दिएका छन ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा पत्रमा उनले आदिवासीको अधिकार र हकहितका लागि आवाज उठाउँदा ज्यान जोगाउन जोखिम तथा धनको पनि जोखिम हुने उल्लेख गरेका छन ।
यस्तो अवस्थामा रहेर काम गर्न नसकिने भन्दै उनले पदबाट राजीनामा दिएका हुन् । नेपालमा राजनितीक अवस्था स्थिर रहन नसकेकाले पनि उनलाई राजनितीमा रहन मन नपरेकाले उनले पदबाट स्थायी रुपमा राजीनामा दिएका छन ।