स्थानीय तहको निर्वाचन घोषणा गर्न गठबन्धनसँग नभई निर्वाचन आयोगसँग छलफल गर्नुपर्छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारलाई  स्थानीय तहको निर्वाचन घोषणा गर्न गठबन्धनसँग नभई निर्वाचन आयोगसँग परामर्श गर्न सुझाव दिएका छन् । 

कोइरालाले विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा सत्ता गठबन्धनको बैठक बसेर जेठमा चुनाव गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै प्रधानमन्त्रीलाई सो सुझाव दिएका हुन् । 

सथै उनले प्रधानमन्त्री देउवामाथि उल्टो बाटो हिँडेको आरोपसमेत लगाए । 

कोइरालाले भने, ‘ऐन-कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुन्न । गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.