नेत्रावती डबजोङ गाउँपालिकामा रक्तदान कार्यक्रमसँगसँगै राष्ट्रिय युवासंघको नयाँ कमिटी गठन

काठमाडौं । धादिङको  नेत्रावती डबजोङ गाउँपालिकामा राष्ट्रिय युवासंघको  प्रथम गाउँ अहिवेशन र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

यही १२ गतेबाट पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै सुरु भएको रक्तदान कार्यक्रमसँगसँगै सर्वसम्मत रुपमा सो गाउँपालिकामा कमिटी गठन गरिएको हो ।  

यो गाउँपालिका रक्दान गर्ने पहिलो जिल्ला भएको राष्ट्रिय युवासंघ नेपालका निर्वाचन आयोग उपप्रमुख बाबु छत्कुलीले जानकारी दिए  । 

कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला पार्टी सचिव अर्जुनकुमार गोर्खाली थिए । त्यसैगरी, विशेष राष्ट्रिय युवासंघ नेपाल धादिङ जिल्ला संयोजक काजी श्रेष्ठ थिए । 

रक्तदान कार्यक्रम भएको आज पाँचौँ दिन हो । राष्ट्रिय युवासंघ नेपालका विभिन्न संघसंस्थामध्ये रक्तदान गर्ने सबैभन्दा अग्रणी संस्था हो ।

हेर्नूस तस्वीरमा

3.jpg

2.jpg

1.jpg

6.jpg

 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.