शहीदको एकीकृत अभिलेख राख्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनका क्रममा शहिद  भएकाहरुको सत्यतथ्य विवरणसहित सम्पुर्ण तथ्याङको  अभिलेख तयार गर्नु पर्ने निर्देशन दिएका छन । 


 आज माघ १६ गते शहिद  दिवसको अवसरमा लैनचौरस्थित शहीद स्तम्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले  यस्तो बताएका हुन ।

समाज परिवर्तनका लागि गरिएका विभिन्न आन्दोलनमा  परी  मारिएकाहरुको सत्य तथ्यपुर्ण अभिलेखिकरण तयार पार्न आवश्यक रहेको बताएका छन । 


 संकलन गरिएको अभिलेखकमा आधारमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन  दिए । मुलुकभरको राजनैतिक परिवर्तनका क्रम्मा मारिएका व्यक्तिहरुको तथ्य संकलन गरी सुरक्षित राख्नु समेत उनले निर्देशन दिए । 

‘

© 2021 Quicknepal.com  |  All Rights Reserved.