कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीले प्रतिपक्षी एमालेको खुलेरै गरे प्रशंसा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेशसभामा सम्बोधन गरेका छन् । मख्यमन्त्री शाहीले समयको बढी  अंश  प्रतिपक्ष दल नेकपा एमालेको प्रसंसामा नै विताएका थिए ।

 प्रदेशमा रहेको २४ निर्वाचन क्षेत्र र सो  क्षेत्रबाट निर्वाचित प्रतिनिधि नै जनताका लागि बोल्ने काम गर्ने भएकाले सबै एकजुट भएर अगाडि बढ्नु नै उचित रहेको उनले बताए । पछाडि पारिएको कर्णालीलाई कसरी राम्रो बनाउने भन्ने दायित्व हामी सबैको हो  उनले भने ।

वास्तममा प्रमुख प्रतिपक्ष दलका नेताले सुशासनका बारेमा, हाम्रा बजेटमा भएका गलत कुराका बारेमा कसरी अघि बढने भनेर चासो राख्नु भएको छ ।  

यो कुरा सुन्दा मेरो छाति फुलेको छ उनले भने  ।’अर्थ विधेयक अन्य विधेयक जस्तो नभएको बताउँदै सकेसम्म प्रमुख प्रतिपक्षी दललाई साथमा लिएर सुधार गर्न सकिने ठाउँमा सुधार गर्न तयार रहेको समेत उनले बताएका छन ।  सरकार निरन्तर कुसाशनको बाटो तिर लम्किरहेको बेला प्रतिपक्ष दलले सुधारको संज्ञा समेत दिनुपर्ने
मुख्यमन्त्रीले बताए । 
 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.