काठमाडौं । प्रहरीले अवैध सुनको चारपाटे आकारको १ के.जी. ८ ग्राम सुन र विभिन्न बैंकका चेकबुक ३ थानसहित अवैध रुपमा ओसार पसारमा संलग्न एक जनालाई पक्रिएको छ ।
पोखरा वडा नं. ३० पावरहाउस चोकस्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी चेक जाँचको क्रममा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको माईक्रो बसबाट २५ वर्षीय रमेश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अहिले उनलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।