काठमाडौं । अछाममा ट्र्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।
आछाम पन्चलदेवल विनायक नगरपालिका-६का २२ वर्षीय लोकेन्द्र अधिकारीले चलाएको सुपप्र ०१००२ त ५९४१ नम्बरको ट्र्याक्टरले किच्दा किरण रावलको मृत्यु भएको हो।
सोही ट्र्याक्टरमा सवार किरण खस्दा उनलाई टायरले किचेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
घटनाबारे अध्ययन भइरहेको बताइएको छ ।