सवारी इन्धनमा दुरुपयोग  गर्न थालेपछि  मेचीनगर नगरपालिकोमा  मासिक ७ लाख खर्च

झापा  । मेचीनगर नगरपालिकाले सवारी इन्धनमा मात्रै मासिक ७ लाख  खर्च गर्ने गरेको छ  । नगरपालिकाको लेखा शाखाको तथ्याङक अनुसार पुस महिनामा मात्र सवारी इन्धन खर्च ७ लाख रुपैयाँ  भएको छ ।


 यसैगरी , मंसिरमा ५ लाख र कात्तिक महिनामा ३ लाख ५० हजार रुपैयाँ इन्धनमा खर्च भएको छ । मेचीनगर नगरपालिकामा  भने अहिले  ३० भन्दा बढी ठूला तथा साना सवारी सञ्चालनमा रहका छन । 

सरकारी कामका लागि भनेर नगरपालिकाले इन्धनवापत खर्च छुट्याउने गरेको भएपनि कतिपय सवारी व्यक्तिगत कर्मचारीले व्यक्तिगत कामका लागि प्रयोग गर्दै  आएका छन  

मेचीनगरमा ६ चक्के ९ वटा, ४ पांग्रे ७ वटा र २ पांग्रे १६ वटा भन्दा बढी सवारी सञ्चालनमा रहेका छन् । ती मध्ये धेरै सवारीलाई सरकारी कामकाजका लागि भन्दै नगरपालिकाले इन्धनको कुपन उपलब्ध गराउने गरेको छ ।

नगरपालिका कार्यालय छेउमै रहेको प्रनिक पेट्रोपम्पमा गएर कर्मचारीले सवारीमा इन्धन भर्ने गर्छन ।

इन्धन खर्चमा नगरपालिकाले इन्धन खर्चमा सहि प्रयोग गर्न सकेको छैन ।  प्रमुख तथा उपप्रमुख अलगअलग सवारीमा  नगर क्षेत्रले गरेको कार्यक्रममा जाने गरेका छन ।

यसो गर्दा झन बढी इन्धनमा खर्च हुने गरेको छ । सवारी साधन पनि फरक – फरक लैजाने गरेको छ ।  यस विषयमा मेचिनगरले केहि असल  नीती तथा नियमको कार्यन्वयन गर्न सकेको छैन । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.