काठमाडौं । निर्वाचन आयोगले गरेको दावी अनुसार स्थानीय तहको चुनावका लागि १२ अर्ब रुपैयाँ खर्च लाग्ने भएको छ ।आयोगका पदाधिकारीले आज ( मंगलवार ) प्रधानन्त्री शेरबहादुर देउवालाई बुझाएको ६ बुँदे पत्रमा चुनावबारे विस्तृतरुपमा उल्लेख गरिएको छ ।
प्रमुख आयुक्त थपलियासहितका आयोगका पाँचै जना पदाधिकारीले प्रधानमन्त्रीलाई आज बालुवाटारमा भेटेका थिए। प्रधानमन्त्रीले पेश गरेको पत्रमा
पाँच वर्षअघि भन्दा ३० प्रतिशत खर्च बढी हुने आयोगको अनुमान रहेको छ ।
२०७४ सालमा स्थानीय तहको चुनावमा ८ अर्ब रुपैयाँ खर्च भएको थियो भने यसपटक १२ अर्ब खर्च पुग्ने आयोगले प्रधान्मत्रीलाई सुचना गराएको छ ।
सो चुनाव दुई चरणमा गराएमा झन बढी खर्च लाग्ने पनि थपलियाले प्रधामन्त्रीलाई जानकारी दिएका छन ।
अधिकांश खर्च निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने आयोगले सरकारलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।
२०७४ को निर्वाचनपछि करिब २० लाख मतदाता थपिएकोले सोही अनुपातमा मतदान स्थल तथा मतदानकेन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट बृद्धि हुने भएको छ । निर्वाचन आयोगका अनुसार चुनावका लागि ६७ प्रकारका सामाग्रीको आवश्यक पर्छ ।
यसैगरी निर्वाचनको तयारीका लागि १२० दिन अगावै चुनावको मिति तोक्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।