काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका संस्थाहरूको महाधिवेशनबारे समितिमा छलफल गर्ने भएको छ ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायतका संस्था तथा संगठनको महाधिवेशनवारे पटक – पटक थपएिको समय गएको माघ १६ गते नै सकिएको छ ।
यस विषयमा कांग्रेस महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकमा संस्थाबारे आवश्यक छलफल र निर्णय गर्न सकिने बताएका छन ।
महामन्त्री थापाले आगामि शुक्रबार कार्यसम्पादन समितिको बैठक बसेर आवश्यक निर्णय लिइने पनि जनाएका छन । उनले भने आउने शुक्रवार कार्यसम्पादनको् बैठक बस्न सकिने बताएका छन ।
महाधिवेशनको वारेमा पार्टीले छलफल गर्न सक्ने मन्त्री थापाले बताए । नेपाली कांग्रेशले भातृसंगठनहरुको म्याद हरेह ६– ६ महिनामा थप्दै आएको छ ।
दलित संघ, मुस्लिम संघ, किसान संघ, आदिवासी जनजाति संघ, नेपाल प्रेस युनियन, नेविसंघ, तरुण दल, महिला संघ, नेपाल सांस्कृतिक संघ, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ लगायतका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले विधान अनुसार लामो समयअघिदेखि महाधिवेशन गर्न सकिरहेका छैनन् ।।