काठमाडौं । नेकपा (एमाले) को परिमार्जित वेबसाइट संचालनमा आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार सीपीएनयूएमएल डट ओआरजी नामक वेबसाइट सार्वजनिक गरेका हुन् ।
वेबसाइटमा पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत रहेको छ । वेबसाइटमा ‘प्रभावशाली राजनेता’ भनेर पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको नाम राखिएको छ।