काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भर्खर सम्पन्न भएको राष्ट्रियभसाको निर्वाचनमा अन्तर्घात गर्नेलाई छानविनका आधारमा कार्बाही गर्न जो संग सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
आज बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गरेर र कार्बाही गर्नका लागि निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए ।
यसैगरी पार्टीको नियमावली पारित गर्दै फाल्गुण महिनाभरी सदस्यस्ता नवीकरण अभियान चलाउने पनि निर्णय बैठकले गरेको छ ।