काठमाडौं । राहदानी बनाइ दिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सुनसरी इटहरी–५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई महानगरीय प्रहरी वृत्त कालिमाटीले ठगी आरोपमा पक्राउ गरेको हो ।
उनले सर्लाही ईश्वरपुर घर भएका राहदानी बनाउन काठमाडौं आएका व्यक्तिबाट १२ हजार रुपैँया लिएर सम्पर्कविहीन भएका थिए ।
अहिले ठगी अपराधिक कसुरमा उनको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याँद तोकिएको छ ।