काठमाडौं । कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु कालीकोट र डोल्पा जिल्लाका ५० भन्दा बढी भेडा बाख्रा पाल्ने व्यावसायीहररुलाई गोठालो भत्ता दिने निर्णय गरेको हो ।
कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा बाख्रा पाल्ने किसानहरुलाई मासिक ५०० गोठालोे भत्ता दिने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए ।
कर्णाली प्रदेशमा शुरुमा लगत संकल्न गर्ने
र किसानले वार्षिक एकमुष्ट १८ हजार रुपैयाँ पाउने भएका छन । यसैगरी ५० भन्दा बढी भेडा बाख्रा पाल्ने किसानहरुका लागि चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ
बजेट विनियोजन गरिएको प्रवक्ता कठायतले जानकारी दिए ।
जुम्लामा भेडाब्राखापालक किसानको लगत सम्पन्न भइसकेको छ । जुम्लाका भेडाबाख्रा पालक २६५ किसानले निवेदन दिएका थिए त्यसमध्ये ५० किसानहरूले मात्र गोठालो भत्ता पाउने निश्चित भएको पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए ।
दुई वर्ष अघिदेखि नै कालीकोटको पचालझरना गाउँपालिकाले गोठालो भत्ता दिदैँ आएको छ ।