कपिलवस्तुमा बस दुर्घटना, १८ यात्रु घाइते

तीव्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ।

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना भएको छ । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव निरीक्षक हरी जिसीले बताए। दुर्घटनामा सामान्य घाइते भएका १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। मध्यम घाइते भएका ५ जनालाई थप उपचारका लागि बुटवल लगिएको छ।

तीव्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.