भैरहवा । रुपन्देहीको सुद्धोधन गाउँपालिका–५ मानपकडीको मसानघाट अहिले सेल्फी खिच्ने रमणीय पार्क बनेको छ ।
केही समयअघिसम्म यहाँ दिउँसै पनि कोही आउँदैन थिए । यति मात्रै होइन मसानघाटको बाटो हुँदै कतै जानु परे साथी नलिइ कोही हिड्दैन थिए । तर, अहिले यहाँ साँझ अबेरसम्म पनि चहलपहल हुन्छ ।