दशैंमा काठमाडौं सुनसान, मन्दिरमा भिड ( फोटो र भिडियोसहित )

काठमाडौं ।आज दसैँको सातौँ दिन । घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदै छ । जमरा राखेसँगै सुरु हुने दसैँ फूलपाती भित्र्याए पछि सुरु हुन्छ । फूलपातीको दिनदेखि नै काठमाडौका सडक सुनसान जस्तै देखिन्छ ।

दशैं मान्न काठमाडौंबाट घर फर्कनेहरुको संख्याा बाक्लै रुपमा राजधानी बाहिर फर्किएपछि काठमाडौंको सडकहरु खालि देखिएका छन् ।

काठमाडौं मै रहनेहरुको भने नजिकको मठमन्दिरमा भिड लाग्न शुरु भएको छ । पुजा अर्चना र शक्तिपिठहरुको दर्शनका लागि मठमिन्दर जानेको घुइँचो छ ।

काठमाडौंबाट राजधानी बाहिर जाने नाकाहरुमा गाडीको लाइन देखिएको छ । तर काठमाडौं भित्र भने सडक विस्तारै खालि हुँदै गएको छ । बानेश्वर, भद्रकालि, डिल्लीबजार , नक्सालमा अरु समय गाडिहरुको निकै चहल पहल देखिन्छ । अहिले सो क्षेत्रमा गाडिको चहल पहल शुन्य जस्तै भएको छ । गतबर्षको तुलनामा यस बर्ष दशैं मान्न दोब्बर संख्यामा राजधानी छोडेको प्रारम्भिक अनुमान छ ।

 


© 2021 Quicknepal.com  |  All Rights Reserved.