बाँके । बाँकेमा एक महिलालाई १२ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । बर्दियाको मधुवन नगरपालिका ४ बस्ने वर्ष २५ कि दुर्गा शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको नेपालगन्ज उपमहानगर पालिका –१ शिव मन्दिर स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्रेको हो ।
प्रहरीले निजले लुकाई छिपाई राखेको १२ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।