खोजतलासको क्रममा प्रहरीले शुक्रबार इन्द्रावती गाउँपालिका ५ माझीबगरस्थित इन्द्रावती खोलामा उनको शव फेला पारेका थिए ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावति खोलामा डूबेको अवस्थामा एक महिलाको शव फेला परेको छ । उक्त शव ५५ वर्षीया जुना सार्कीको रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
उनी २९ भदौदेखि सम्पर्कविहिन भएपछी आफन्तले खोजी गरिदिन प्रहरीमा उजुरी दिएका थिए । खोजतलासको क्रममा प्रहरीले शुक्रबार इन्द्रावती गाउँपालिका ५ माझीबगरस्थित इन्द्रावती खोलामा उनको शव फेला पारेका थिए ।
उनी आफ्नी छोरी र नातिनीलाई पुर्याउन २८ भदौमा पाँचपोखरी थाङपाल पुगेकी थिइन् । २९ गते विहान छोरीको घरबाट निस्केकी उनी मृत अवस्थामा भेटिएकी हुन् ।
प्रहरीले उनको शव आफन्तलाई जिम्मा लगाइसकेका छन् ।