प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गठन गरे जम्बो सरकार

काठमाडौं । संघीय सरकारको  पहिचान दिने गरी  प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्सीय मन्त्रिमण्डल  गठन गरेका छन्  ।

 गएको असोज १६ मा सरकार गठन भएको थियो । मुख्यमन्त्री  राईले सोही सरकारलाई  १ राज्य मन्त्रीसहित १४ सदस्सीय मन्त्रीमण्डल  गठन गरेका  हुन् ।

शेरधन राई र भीम आचार्य नेतृत्वको  यसअघि  विस्तार गरेको गठन भन्दा दोब्बर संख्यामा प्रदेश १ मा जम्बो  टोली मन्त्रीमण्डल विस्तार गरेर  मुख्यमन्त्री राईले रेकर्ड राखेका छन् ।  यस अघि शेरधन राई र आर्चायले  ७–७  सदस्सीय मन्त्रीमण्डल बनाएका  थिए ।

मुख्यमन्त्री राईलेसार्वजनिक गरेअनुसार  उनले थप कुनै जिम्मेवारी विना  आर्थिक मामिला तथा योजना मन्त्रीः इन्द्रबहादुर आङ्गबो, सडक पुर्वाधार तथा सहरी विकास मन्त्रीमा हिमाल कार्की,  स्वास्थ्यमन्त्रीमा जयराम यादव आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्कीलाई नियुक्ति तथा जिम्मेवारी बाँडफाँट गरेका छन् ।

 अहिले थप गरेका नयाँ मन्त्रीहरुमा  खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई, पर्यटन तथा संस्कृति मन्त्रीमा खिनु तङ्गवा लिम्बु,  सामाजिक विकास मन्त्रीमा राजन राई,  वन वातावरण तथा भू–संरक्षण मन्त्रीमा शेखरचन्द्र थापा ,कृषी मन्त्रीमा झलकबहादुर मगरसहितलाई जिम्मेवारी तोकेका छन् भने उद्योग, श्रम तथा रोजगार मन्त्रीमा ओमप्रकाश सरावागी, भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा प्रतापप्रकाश हाङगाम र यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्रप्रसाद घिमिरेलाई नियुक्ति गरेका छन् ।

यसैगरी  प्रदेश १ को एक मात्र राज्यमन्त्रीमा विणु तुम्वाहाम्फे नियुक्त भएकी  छिन भने उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी  दिएको छ  ।

6y.JPG

© 2021 Quicknepal.com  |  All Rights Reserved.