काठमाडौं । सभामुख अग्नि सापकोटालाई सरकारले एमसीसी टेबल गर्ने प्रस्ताव गरेको छ । कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूले सरकारका पक्षबाट सभामुख सापकोटालाई आज भेटेर यस्तो प्रस्ताव राखेका हुन् ।
एमसीसीबारे बाहिर बहस गर्नु अनुचि भएको भन्दै संसदमा बहस गर्न र गराउन सभामुखलाई आग्रह गरेका हुन् ।
यस विषयमा अहिले संसदमा छलफल गर्नका लागि सहज वातावरण नभएको सभामुख सापकोटाले बताएका थिए । अहिले संसद अवरुद्ध रहेकाले छलफलको वातावरण नभएको सभामुखले बताएका छन् । यसको बहसका लागि संसद अवरोध हटाउनु आवश्यक रहेको उनको भनाइ छ ।