काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि बर्तमान गठबन्धमा सामेल भएका दलहरु बिलय हुने बताएका छन् ।शनिबार पार्टीनिकट कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै अबको १४ महिनामा सत्ता गठबन्धनमा रहेका दलहरु विलय हुने बताएका हुन् ।
‘१४ महिनामा चुनाव हुन्छ, यी कता हराउँछन्, कता बिलाउँछन उनले भने, ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैं परेका आइस होइन । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लेर जान्छन् । धेरै चिन्ता गर्नुपर्दैन ।’अध्यक्ष ओलीले आफूले निर्वाचन गराउन खोज्दा गठबन्धनमा रहेका दलहरुले प्रतिगमन हुने भयो भन्दै विरोध जनाएको र निर्वाचन गराउन नदिएको बताए ।
ओलीले अब १४ महिनापछि अनिवार्य चुनाव गराउनैपर्ने बताए ।‘१४ महिनापछि त अनिवार्य चुनाव गर्नुपर्छ, के देश अनिवार्य रुपमा प्रतिगमनमा जाने भयो त ?’ उनले प्रश्न गरे, ‘जनादेश आउँदा प्रगिमन हुने भयो, संविधान मिचिने भो त ? कस्तो शासन खोजेका छन्, यी तानाशाहरुहरुले ?’