काठमाडौँ । प्रमुख जिल्ला अधिकारी हुनका लागि कानुनमा स्नातक गरेको वा ३ महिना कानुनसम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था गर्ने तयारी गर्न लागिएको छ ।
अदालतको आदेशअनुसार सो मापदण्ड अवलम्बनका लागि तत्काल तालिम चलिरहेको गृहमन्त्री खाँणले बताए ।
गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्ने क्रममा खाँणले यस्तो बताएका हुन ।