काठमाडौं । सरकारले आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । नेकपा (एमाले) निकट युवा संघले सरकारकाे उक्त निर्णयको स्वागत गरेको छ ।
युवासंघले आफ्नो मुख्य मुद्दा सम्बोधन भएको बताउँदै अन्य माग भने यथावत रहेको बताएकाे छ ।
अध्यक्ष किरण पौडेलले विज्ञप्ति जारी गदै लेखेका छन्, ‘हाम्रो एक मुख्य मुद्धाको सम्बोधन भएको छ। बैशाख ३० गते स्थानिय निर्वाचन घोषणा भए संगै मातहत सम्पूर्ण कमिटी हरुलाई अबका हरेक कार्यक्रम ,अभियानहरुलाई निर्वाचन केन्द्रित गर्न र गराउन राष्ट्रिय युवा संघ नेपाल निर्देशन गर्दछ।’
युवा संघले मूल्यवृद्धि मूल्यवृद्धि खारेज गर्नुपर्ने, हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने, स्वास्थ्य मन्त्रीलाई कारबाही गर्नुपर्ने लगायतका माग भने यथावत राखेको बताएकाे छ ।