मेरो कार्यकालमा कर्मचारीलाई असहयोग गर्न निर्देशन थियाे : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नाे सरकार छँदा निजामती कर्मचारीलाई असहयोग गर्न निर्देश दिएकाे बताएका छन् । 

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शिनबार काठमाडौंमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सो बताएका हुन् ।

निजामती कर्मचारीले जुनसुकै सरकार भए पनि गर्नुपर्छ, तर आफू प्रधानमन्त्री हुँदा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारलाई असहयोग गर्न आह्वान गरेका थिए,’ उनले भने, ‘म प्रधानमन्त्री छँदै, नेपालका दोस्रो पार्टीले कर्मचारीहरू भेला गरे। तर त्यहाँ एकपछि अर्को नेताको निर्देशन के रह्यो भने सरकारलाई असहयोग गर भन्दै निर्देशन दिइयो। म छक्क परें, एउटा देशको नेताले सरकारलाई असहयोग गर भनेर कसरी कर्मचारीलाई निर्देशन दिन्छ ? मलाई अचम्म लाग्यो । मलाई आश्चर्य लाग्यो। तपाईंहरू त्यसो नगर्नुहोस्, जसको सरकार आए पनि नियम कानुनको परिधिभित्र रहेर काम गर्नू ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.